काठमाडौं विश्वविद्यालयले मगर भाषा शिक्षक उत्पादन कक्षा सञ्चालन गर्ने
काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ ।

२५ भदौ, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ । विश्वविद्यालय र संघबीच ‘पोस्ट–ग्य्राजुयट डिप्लोमा इन एजुकेसन इन मगर ल्याङ्वेज टिचिङ’ सम्बन्धी कोर्सका लागि सम्झौता भएको हो ।
बिहीबार भएको सम्झौतामा विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्राडा. बालचन्द्र लुइँटेल र संघका अध्यक्ष रक्षबहादुर रैकामगरले हस्ताक्षर गरेका हुन् । नेपाल खुल्ला विश्वविद्यालयमा मगर भाषा र संस्कृतिबारे चार वर्षे स्नातक तहको पढाइ सञ्चालनमा रहेको अध्येता डा. विष्णुकमार सिंजाली मगरले जानकारी दिए । सिंजालीका अनुसार मगरभाषामा ७–८ पालिकामा स्थानीय विषय पढाइ सुरु भएको छ ।
त्यसैगरी नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले मगर भाषाका आधारभूत तहसम्मको पाठ्यक्रम तयार पारेको उनले बताए । ‘मगर भाषामा पठनपाठन गर्न गराउन योग्य शिक्षकको अभाव छ,’ डा. सिंजालीले भने, ‘यो सम्झौतासँगै मगर भाषाका शिक्षक उत्पादन हुने विश्वास लिएका छौं ।’
यस विषयमा टेलिभिजनको विस्तृत विश्लेषण हेर्नुहोस्
थप ताजा समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल

नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु

नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ

राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले दिए राजीनामा

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते

इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद

'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए

उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?

मलेसियाको रोजगारी : सिन्डिकेट कायम राख्दै २५ को सूचीमा थपिए २५० म्यानपावर

'बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो'

दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योगमन्त्री

